राजनीति

प्रतिपक्ष नेता दाहाल र सभामुख घिमिरेबीच भेट, विषय संसद् खुलाउने

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

दाहाल र घिमिरेबीच बिहीबार (आज) सभामुखकको कार्यकक्षमा भेटवार्ता भएको हो।

उनीहरूबीच संसद्को जारी गतिरोधबारे छलफल भएको हो।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले सदन अवरुद्ध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै यी दलहरूले सदन अवरुद्ध गर्दै आएका हुन्।

आज पनि दिउँसो ३ बजे बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन।

प्रकाशित: २९ जेष्ठ २०८२ १५:३० बिहीबार

#Devraj_Ghimire #Pushpakamal Dahal #Nagariknews