राजनीति

दुई दिन सर्‍यो संसद् बैठक

संसद् बैठक दुई दिन उता ठेलिएको छ। सोमबार (आज) बस्न नसकेपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

यसअघि आजै पौने ४ मा बसेको बैठक पनि विपक्षी दलहरूको विरोधपछि स्थगित भएको थियो। तर, सभामुख देवराज घिमिरेले आधा घण्टापछि बस्ने भनेका थिए तर, बस्न सकेन। 

भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २६ जेष्ठ २०८२ १७:१९ सोमबार

#parliament #Samsad #Nagariknews