राजनीति

‘अदालतमै अल्झाए रवि हराउँछन् भन्ने लागेको होला, काठमाडौं आएपछि रणनीति बाक्लो हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गर्ने प्रक्रिया भइरहेको बताएका छन्। शनिवार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले लामिछाने काठमाडौं ल्याइएपछि रणनीति झन् बाक्लो हुने बताएका हुन्। 

‘उनीहरूलाई लाइरहेको छ, अदालतमै अल्झाइदिऔँ,’ वाग्लेले भने, ‘रवि लामिछाने हराउँछन् भन्ने उनीहरूलाई लागिरहेको ।’ 

तर त्यसो हुने नदिने उनले बताए। उनले भने, ‘अब उहाँ काठमाडौं आउँदै हुनुहुन्छ । हाम्रो संवाद र रणनीति झनै बाक्लो हुनेछ ।’

प्रकाशित: २४ जेष्ठ २०८२ २०:४५ शनिबार

#swarnim wagle #Rabi Lamichhane