राजनीति

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्ने छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बकर ईदले नेपालको संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल अज्हा (बकर ईद)को सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन्।

उनले भनेका छन्, 'बहुजाति, बहुभाषा, बहुसंस्कृति र बहुधार्मिक विशेषतायुक्त नेपालमा इस्लाम धर्म एकता र राष्ट्रिय स्वाभिमानको प्रतीक रहेकाले धार्मिक सांस्कृतिक सद्भाव कायम राख्दै आपसी भ्रातृत्व र सहिष्णुतालाई थप प्रगाढ तुल्याइ हाम्रो संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास लिएका छौँ।'

प्रकाशित: २४ जेष्ठ २०८२ ०७:४६ शनिबार

#Nagariknews