राजनीति

वाईसीएल अध्यक्षमा ओली सर्वसम्मत

महासचिवमा शाही

नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाईसीएल) अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्।

सम्मेलन सुरु भएको छैटौँ दिन शक्रबार (आज) सर्वसम्मत रूपमा ओली अध्यक्ष चुनिएका हुन्।

गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको सम्मेलनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन त्यही दिन पारित गरे पनि नेतृत्व चयन गर्नका लागि भने ६ दिन लगायो।

पार्टी अध्यक्ष दाहालले त्यतिबेलै सङ्गठन अध्यक्ष सर्वसम्मत रूपमा चुन्न निर्देशन दिएका थिए। तर, आकाङ्क्षी बढी हुँदा सकस भएको थियो। १३ जना अध्यक्षका आकाङ्क्षी थिए। १३ बाट १ मा झार्नका लागि ६ दिन लाग्यो।

सर्वसम्मत गर्नका लागि पार्टी उपमहासचिव शक्ति बस्नेत, फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा, निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलगायतले प्रयास गरेका थिए।

यस्तै सङ्गठन महासचिवमा गणेश शाही चुनिएका छन्। अरु पदाधिकारी घोषणा हुन बाँकी छ।

प्रकाशित: २३ जेष्ठ २०८२ २१:०३ शुक्रबार

#NagarikNews #Pushpa Oli