राजनीति

वाईसेलको निर्वाचन भोलि बिहान ८ बजेबाट

नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसेल) मा नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम शुक्रबार (भोलि) बाट प्रारम्भ हुने भएको छ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले दिएको जानकारीअनुसार भोलि बिहान ८ बजे काठमाडौं चाबहिलको गोल्डेन दरबारमा चुनाव सुरु हुनेछ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले सर्वसम्मतमै नेतृत्व छान्न निर्देशन दिएबमोजिम प्रयास गरिएको थियो तर, आकाङ्क्षीहरू बढी भएपछि उनीहरूकै मागअनुसार चुनाव गरिने भएको हो।

प्रकाशित: २२ जेष्ठ २०८२ २१:४३ बिहीबार

#YCL #NagarikNews