राजनीति

पतञ्जली जग्गा प्रकरण: अध्यक्षलाई भ्रष्टाचार मुद्दा लागेपछि आकस्मिक बैठकमा एकीकृत समाजवादी

फाइल।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा प्रकरणमा करिब साढे १८ करोड रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टी आकस्मिक बैठकमा जुटेको छ।

अख्तियारले बिहीबार मुद्दा दायर गरेलगत्तै अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा छलफलमा जुटेका हुन्।

रौतहटमा पार्टीको कार्यक्रममा रहेका नेपाल मुद्दा दर्ताको खबर पाएसँगै काठमाडौं फर्किएर आकस्मिक बैठक बोलाएका हुन्।

हदबन्दी छुट पाएको पतञ्जली योगपीठको जग्गा बिक्री गर्न दिने तत्कालीन मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा भूमिका खेलेको आरोपमा अख्तियारले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित: २२ जेष्ठ २०८२ १८:२५ बिहीबार