राजनीति

अझै बस्न सकेन संसद् बैठक

३:३० बजे बस्नेगरी स्थगन भएको संसद् बैठक अझै सुरु हुन सकेको छैन। बिहीबार (आज) दिउँसो १ बजे बस्नेगरी बुधबार (हिजो) स्थगन भएको बैठक निर्धारित समयमा बस्न नसकेको हो।

३:३० बजे बस्नुपर्ने बैठक यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले संसद् अवरुद्ध गर्दै आएका छन्।

सरकार समिति गठनका निम्ति तयार छैन। त्यसैले बैठक बस्न नसकेको हो। 

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रयास गरिरहेका छन्। उनले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन्।

प्रकाशित: २२ जेष्ठ २०८२ १६:०९ बिहीबार

#parliament #Nagariknews