राजनीति

१ बजे बोलाइएको प्रतिनिधिसभा बैठक बस्ने सकेन, साढे तीनलाई तोकियो

प्रतिनिधिसभा बैठक सरेको छ।  बिहीबार (आज)  दिउँसो १ बजे बस्ने भनिएको बैठक ३: ३० बजेका लागि बोलाइएको हो।

जेठ १४ गतेयता संसद् चल्न सकेको छैन। सत्तापक्ष र प्रतिपक्षको अडानको चेपुवामा परेको संसद् स्थगनको स्थगन छ।

भिजिट भिसा प्रकरणमा दोषी छन् भनिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, राजीनामा नभए संसदीय छानबिन समितिको मागबाट प्रतिपक्ष टसमस भएको छैन। 

यता सत्तापक्ष प्रतिपक्षको मागका प्रति उदासीन छ।

प्रकाशित: २२ जेष्ठ २०८२ १५:१४ बिहीबार