राजनीति

प्रधानमन्त्रीले गरे चित्रकला प्रदर्शनी अवलोकन

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समय क्रममा नेपाल: चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज (मंगलबार) अवलोकन गरेका छन्।

काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोरेका चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्‌मा अवलोकन गरेका हुन्।

अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाएकामा प्रशंसा गरे।

नेपाल सम्पदा सङ्घको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ।

सबै तस्बिर: प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: २० जेष्ठ २०८२ १८:५५ मंगलबार