राजनीति

सदनमा गृहमन्त्रीलाई बोल्नै नदिने कुरा अलोकतान्त्रिक : रिजाल

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले सदनमा गृहमन्त्री रमेश लेखकलाई बोल्नै नदिने कुरा अलोकतान्त्रिक र असंसदीय भएको बताएका छन्।

सामाजिक सञ्जालमा देख्दै रिजालले यस्तो बताएका हुन्। उनले संसद् जनताको आवाज बुलन्द गर्ने ठाउँ भएको र हरेक कुरामा संसद् अवरुद्ध गर्नु नागरिकको सास थुन्नु जस्तै भएको धारणा व्यक्त गरे। उनले संसदले मात्रै व्यवस्था र नागरिकलाई बलियो बनाउने उनको भनाइ छ।

रिजालले लेखेका छन्, 'सदनमा गृहमन्त्रीलाई बोल्नै नदिने कुरा अलोकतान्त्रिक र असंसदीय छ। संसद् जनताको आवाज बुलन्द गर्ने ठाउँ हो। हरेक कुरामा संसद् अवरुद्ध गर्नु नागरिकको सास थुन्नु जस्तै हो। संसद्मा बहस होस्, वाद-प्रतिवाद होस्, संसद् जीवन्त होस्। त्यसले मात्रै व्यवस्था र नागरिकलाई बलियो बनाउँछ।'

प्रकाशित: २० जेष्ठ २०८२ ११:२७ मंगलबार

#Nagariknews