नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।
माओवादीको प्रदेशमा ९ मध्ये ६ जना सांसदले साहलाई संसदीय दलको नेताबाट हटाउन १० महिनाअघि दाहाललाई पत्र बुझाएका थिए।
प्रदेशका सांसदहरूले उनलाई हटाउन हस्ताक्षर सहितको पत्र दाहाललाई बुझाए पनि मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए।
पार्टीप्रति आघात पुग्ने काम गरेको उजुरी अध्यक्ष दाहालसमक्ष परेपछि पदाधिकारी बैठकबाट उनलाई दलको नेताबाट हटाउने निर्णय गरेका थिए।
प्रकाशित: २० जेष्ठ २०८२ ०९:०२ मंगलबार