राजनीति

राजतन्त्रविरुद्ध दाहालको टिप्पणी: हत्या र बलात्कारको विभीषिका खडा गर्नेहरू फेरी आउन्नन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही नेताले नाजायज फाइदा उठाउन खोज्दा जनतामा आक्रोश देखिएको बताएका छन्। शनिवार नुवाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यो आक्रोश गणतन्त्रविरुद्ध नभएको बताएका हुन्।

‘जागिसकेका नेपाली जनता फेरी पछाडि हटेर वंशवादी अढाई सय वर्षदेखि नेपाललाई सबैभन्दा गरिब देश बनाउने, नेपालमा हत्या र बलात्कारका विभीषिका खडा गर्नेहरू, तिनीहरूले फेरी आएर गर्छन् भनेर सोच्नुभन्दा दुर्भाग्यपूर्ण केही हुन सक्दैन,’ दाहालले भने, ‘त्यस कारण कम्तीमा पनि शान्ति सम्झौताका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एकचोटी एक ठाउँमा उभिएर खबरदारी गर्नेवित्तिकै तिनीहरूको केही पनि बाँकी रहने म चाहिँ देख्दिनँ।’

प्रकाशित: १७ जेष्ठ २०८२ १९:०६ शनिबार

#Prachanda #gyanendra shah