राजनीति

प्रधानमन्त्री भन्छन्ः देश संक्रमणकालमा छ, सही निकास खोजी रहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले पनि संक्रमणकालमा रहेको टिप्पणी गर्दै यसलाई निकास दिनुपर्ने बताएका छन्। शनिवार नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘देश संक्रमणकालमा छ, देशले सही निकास खोजी रहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी अहिले पनि कस्तो समाज बनाउने सन्दर्भमा नेपाललाई कस्तो नेपाल बनाउने भन्ने सन्दर्भमा असाधारण ढंगले वैचारिक लडाईँ लडिरहेका छौँ।’  

यसमा सबैजसो चुनौती र समस्यालाई कसरी छिनोफानो गर्ने भन्ने सन्दर्भमा अधिवेशनले भूमिका खेल्नुपर्ने उनले बताए।  

प्रकाशित: १७ जेष्ठ २०८२ १४:२० शनिबार

#KP Sharma Oli