राजनीति

बजेटमा पूर्वअर्थमन्त्री शर्माको प्रतिक्रिया- कपी-पेस्ट गर्ने हो !

पूर्वअर्थमन्त्री जनार्दन शर्माले आव २०८२/०८३ को बजेट परम्पराकै निरन्तरता रहेको बताएका छन्।

बिहीबार (आज) अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै शर्माले यस्तो बताएका हुन्।

'बजेट निरन्तरता हो, परम्परा हो। विषयहरू लेख्ने सबै लेखिएकै छन्, तिनै कुराहरू दोहोरिने हुन्, कपी-पेस्ट गर्ने हो,' उनले भने, 'अहिले अलिक नाराहरू कम रहेछन्। अरु के भन्न ?'

उनले थप भने, 'अब खेलमा अत्यधिक विकास गर्ने त भन्नुभयो तर, खेलकुद गर्न दिनुहुन्न। समस्या यस्ता छन्।'

अहिले नेपालमा देखिएको समस्या समाधानका लागि समग्र अर्थ-प्रणालीकै सुधार चाहिने शर्माले बताए। 'अहिले नेपालमा जुनखाले समस्या छ, त्यसलाई समाधान गर्न सम्पूर्ण अर्थ-प्रणालीकै पुनर्संचना गर्नुपर्छ, त्यो स्तरबाट आएन बजेट,' उनले भने।

प्रकाशित: १५ जेष्ठ २०८२ १८:१६ बिहीबार

#Janardan Shrama #NagarikNews #Budget