राजनीति

विपक्षीहरुको विरोधपछि संसद बैठक आधा घन्टाको लागि स्थगित

विपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक आधा घन्टाको लागि स्थगित भएको छ। 

बैठक सुरू हुनेवित्तिकै विपक्षी सांसदहरूले अवरोध गरेका थिए भने सभामुखले गृहमन्त्रीले बोल्न समय माग गरेको कुरा राखेका थिए।

विपक्षी दलका सांसदहरूले निरन्तर विरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।

प्रकाशित: १४ जेष्ठ २०८२ १३:११ बुधबार

#parliament