राजनीति

असार १५ भित्रै शिक्षा ऐन आउँछ : शिक्षामन्त्री पन्त

शिक्षामन्त्री रघुजी पन्तले शिक्षा ऐन असार १५ भित्रै आउने बताएका छन्। मङ्गलबार (आज) संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन्।

'१५ असारसम्मको डेटलाइन छ। त्योभन्दा अगाडि नै ल्याउने प्रयत्नमा छौँ,’ मन्त्री पन्तले भने। उनले शिक्षक महासङ्घसँग वार्तामा रहेको पनि बताएका छन्।

यसअघि महासङ्घले एक महिना लामो आन्दोलन गरेको थियो। त्यस क्रममा मन्त्रालय र महासङ्घबीच असार १५ भित्रै शिक्षा ऐन जारी गर्ने सहमति भएको थियो।

महासङ्घले अहिले शिक्षा उपसमितिले सहमतिविपरीतको प्रतिवेदन तयार गरेको आरोप लगाएको छ। उसले पुन: आन्दोलन चर्काउने चेतावनीसमेत दिँदै आएको छ।

प्रकाशित: १३ जेष्ठ २०८२ १९:४० मंगलबार

#Nagariknews #Raghujee panta