प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्।
मंगलबार बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरू उठेर विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई समय दिएका छन् ।
त्यसपछि पनि विपक्षी सांसदहरूले अवरोध गरिरहेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्ने समय दिएका छन्।
प्रकाशित: १३ जेष्ठ २०८२ ११:४९ मंगलबार