अधिवक्ता युवराज पौडेल सफलले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा र मानव तस्करीको गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।
सभामुखलाई सोमबार बुझाइएको निवेदनमा गृहमन्त्री लेखक, गृह सचिव, विमानस्थल अध्यागमन प्रमुख मन्त्रीको सचिवालय, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत यो प्रकरणमा संलग्न रहेको दाबी गरिएको छ।
पौडेलले विगत ५ वर्षमा भिजिट भिसामा विदेश गएका नेपालीमध्ये अधिकांश मानव तस्करको जालोमा परेर दु:ख भोगिरहेको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही र निर्दोषलाई सफाइ दिन माग गरेका छन्। उनले यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन गरी प्रचलित कानुन र मानव तस्करी नियन्त्रण ऐनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित: १२ जेष्ठ २०८२ १२:४१ सोमबार