प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसहितका नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न प्रधानमन्त्री ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच छलफल भएको हो।
छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा.आरजू राणालगायत सहभागी छन्।
त्यस्तै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल छन्।
उनीहरूबिच पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भएको बताइएको छ ।
प्रकाशित: ११ जेष्ठ २०८२ १८:०३ आइतबार