राजनीति

रास्वपा केन्द्रीय समिति बैठक जारी, गृहमन्त्रीको 'भिजिट भिसा' प्रकरणबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। पार्टी मुख्यालय वनस्थली च:मतिमा जारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छलफल भइरहेको छ।

यस्तै पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको आगामी प्रक्रियालगायतका विषयमा पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

प्रकाशित: ११ जेष्ठ २०८२ १६:२१ आइतबार

#Raswapa #Rabi Lamechhane #Nagariknews