नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजसंस्था कहिल्यै जनताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।
मङ्गलबार (आज) कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन,' उनले भने।
उनले युवाहरूले विदेशमा मात्रै पसिना बगाएर देश नबन्ने पनि बताए। उनले भने, 'देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ। विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्।'
प्रकाशित: ६ जेष्ठ २०८२ १९:४७ मंगलबार