राजनीति

एमाले महासचिवको टिप्पणीः राजावादीले जनताविरुद्ध आन्दोलन गर्दैछन्

नेकपा एमालेका महासचिव शंकर पोखरेलेले राजावादीले गणतन्त्रविरुद्ध भ्रम फैलाएर आन्दोलन गरिरहेको बताएका छन्। मंगलबार दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेले राजवादी गर्ने आन्दोलन पनि जनताविरुद्धको रहेको टिप्पणी गरे।  

‘राजावादीहरूले गणतन्त्रविरुद्ध भ्रम छर्दैछन्,’ महासचिव पोखरेलले भने, ‘गणतन्त्रले दियो भनेर भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन्।’ राजावादीले गर्ने त्यो आन्दोलन नै नभएको उनले बताए।  

‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन, नेपाली जनताका विरूद्व हो,’ महासचिव पोखरेलले भने। त्यो कुरा जनतालाई बुझाउनु पर्ने उनले बताए।  

महासचिव पोखरेलले नेपालको राजसंस्था जनताको पक्षमा कहिल्यै नभएको पनि बताए।  

प्रकाशित: ६ जेष्ठ २०८२ १६:१८ मंगलबार

#shankar pokharel #Rajabadi Aandolan