राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य खुश्बु ओलीले चेक बाउन्स मुद्दामा सफाइ पाएकी छन्। ओलीले सोमबार (आज) सर्वोच्च अदालतबाट सफाइ पाएकी हुन्।
०७६ सालमा जिल्ला अदालत काठमाडौंले ओलीलाई सोही मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैदको फैसला सुनाएको थियो। उनी उक्त फैसलाविरुद्ध उच्च हुँदै सर्वोच्च पुगेकी थिइन्।
ओलीविरुद्ध गोपाल कटुवालले मुद्दा हालेका थिए। आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि आज ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको हो।
कटुवालसँग आफ्नो आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको दाबी गर्दै ओली सर्वोच्च अदालत गएकी थिइन्।
प्रकाशित: ५ जेष्ठ २०८२ १८:३३ सोमबार