काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको समिति संयोजकको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन् ।
मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन्।
सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राज भण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् ।
प्रकाशित: ४ जेष्ठ २०८२ १८:५० आइतबार