राजनीति

मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्मान प्रकट गरे। ‘मदन–आश्रितको स्मृतिमा हामी शिर निहुराउँछौं। उनीहरूको विचार र मार्गदर्शन सधैं हाम्रो प्रेरणा बन्नेछ। मदन–आश्रितप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन्।

प्रधानमन्त्री ओलीले ३२ वर्षअघि आजकै दिन मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताए। ‘मदन भण्डारीको नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो,’ उनले भने।

तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो। रासस

प्रकाशित: ३ जेष्ठ २०८२ ०८:४४ शनिबार

#NagarikNews #MadanBhandari #kpsharmaoli