कला/साहित्य

युवराज भन्छन्: अरुणिमासँग विवाह हुनु थियो भयो, छुटिनु थियो छुटियो

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ।

युवराजले गत आइतबार अर्थात वैशाख २८ गते सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन्। जुन कुरा स्वयम युवराजले टिकटक लाइभमा पुष्टि गरे।

उनले भने,'२०८२ वैशाख २८ गते दिनको ४ बजेर १० मिनेटमा मैले अदालतमा डिर्भोसमा साइन गरेको हो। हजुरहरूले नोटिस गर्नुहोला। जन्म, विवाह मृत्यु लेखेर आएको हुँदैन कोसँग हुन्छ कोसँग नहुने मेरो हुनु थियो भयो छुटिनु थियो छुटियो। सकियो। म एकदम धर्म कर्म गर्ने व्यक्ति हो।'

अरुणिमाले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्।

बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका युवराज नेपाली कांग्रेसका नेता हुन्। अरुणिमाले युवराजलाई आफूसँग ढाँटेर बिहे गरेको आरोप लगाएकी थिइन्।

गत भदौमा बिहे गरेका उनीहरूले बिहे गरेको आठ महिनामै डिभोर्स गरेका हुन्।

प्रकाशित: २ जेष्ठ २०८२ १५:१६ शुक्रबार

#Arunima Lamsal #Yubraj Shrestha