राजनीति

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्नेछ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित: १ जेष्ठ २०८२ १५:३६ बिहीबार

#Nepali Congress #Samsad Baithak