राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
सभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।
राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ५ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ।
प्रकाशित: ३१ वैशाख २०८२ १६:३३ बुधबार