राजनीति

राष्ट्रिय सभा बैठक आज : विनियोजन र संवैधानिक परिषद् विधेयकमा छलफल

राष्ट्रिय सभाको बैठक आज (बुधवार) दिउँसो सवा एक बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल हुनेछ। 

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: ३१ वैशाख २०८२ ०६:५४ बुधबार