राजनीति

कानुनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकसँग सभामुखको बैठक जारी

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग कानुनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल भइरहेको छ।

जेठ महिनाको संसदको क्यालेन्डर र पूर्व बजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन्। 

बैठकमा कानुनमन्त्री चौरसियासहित प्रमुख सचेतकसमेत रहेका एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन्।

प्रकाशित: ३० वैशाख २०८२ १०:४८ मंगलबार