राजनीति

मातृशोकमा रहेका वैद्यलाई प्रधानमन्त्रीले खोजी-खोजी भेटे

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य मातृशोकमा छन्। उनले गत वैशाख २६ गते मात्रै आमा गुमाएका छन्। 

यसबीचमा उनी घर (दाङ) बसे। र, सोमबार (आज) मात्रै भैरहवा विमानस्थलबाट काठमाडौं फर्किने क्रममा थिए। दमका रोगी वैद्य भैरहवा विमानस्थलको भीआईपी कक्षमा फ्लाइट कुरेर आराम गरिरहेका थिए।

यता प्रधानमन्त्री केपी शर्मा ओली बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्न ठ्याक्कै त्यही समय भैरहवा अवतरण भए। उनले सुने कि वैद्य यतै छन्।

यसपछि उनले वैद्यलाई खोज्न थाले। र, सिधै भीआईपी कक्षमा पुगेर वैद्यसँग हात मिलाए र कुराकानी गर्न थाले। 

भैरहवा विमानस्थलको भीआपी कक्षमा ओली र वैद्यबीच भेट।

उनले सुरुमै 'तपाईंको स्वास्थ्य कस्तो छ ?' भने वैद्यलाई सोधे। वैद्य दमका रोगी हुन् भन्ने कुरा अवगत नै भएका ओलीले फेरि 'दमले सताएको होला' भनेर भने। साथमा आमाका प्रति श्रद्धाञ्जलीसहित 'आफ्नो ख्याल गर्नुहोला' भने।

जवाफमा वैद्यले ठीकै भएको बताए। उनले पनि ओलीलाई 'तपाईंलाई कस्तो छ त ?' भनेर सोधे। ओलीले 'म त अझै जवान छु' भनेर ठट्यौली जवाफ दिए। 

प्रकाशित: २९ वैशाख २०८२ २१:३० सोमबार

#KP Sharma Oli #Mohan baidya