राजनीति

भन्न त हामीले मर्निङ वाक् भनेका छौँ, तर त्यो युवाहरूलाई फेरि सङ्गठित गर्ने महाअभियान हो : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन्।

सोमबार (आज) पार्टीको युवा सङ्गठन वाईसीएल कर्णालीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

'फेरि एउटा नयाँ क्रान्तिको तयारी गर्ने बेला भएको छ,' उनले भने, 'बिहान-बिहान; भन्न त हामीले मर्निङ वाक् भनेका छौँ। तर, यो मर्निङ वाक् होइन, युवाहरलाई फेरि सङ्गठित गर्ने महाअभियान हो।'

पार्टीको अभियानअन्तर्गत विभिन्न जिल्ला पुगिरहेका दाहालले हरेक बिहान मर्निङ वाक् गर्ने गर्छन्। उनले त्यसैलाई युवाहरूलाई फेरि सङ्गठित गर्ने महाअभियान भनेका हुन्।

प्रकाशित: २९ वैशाख २०८२ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App