राप्रपा नेपालका अध्यक्ष कमल थापाले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतको रिहाइको माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत थापाले यस्तो माग गरेका हुन्। उनले सरकार झन् निरंकुश र असहिष्णु बन्दै गएको आरोप लगाएका छन्। फरक विचार बोकेकै कारण रविन्द्र मिश्र, दुर्गा प्रसाई, पशुपति खड्का, मनिन्द्रराज भण्डारी, सन्तोष सिलवाल, कमल बिष्ट लगायतलाई सरकारले बिना कारण डेढ महिनादेखि थुनामा राखेको उनले बताए।
थापाले आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।
उनले लेखेका छन्, 'सरकार झन् झन् निरंकुश र असहिष्णु बन्दैछ। फरक विचार बोकेकै कारण रविन्द्र मिश्र, दुर्गा प्रसाई, पशुपति खड्का, मनिन्द्रराज भण्डारी, सन्तोष सिलवाल, कमल बिष्ट लगायतलाई सरकारले बिना कारण डेढ महिनादेखि थुनामा राखेको छ। यसैबिच शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई पनि पक्राउ गरेको छ। आस्थाका सबै बन्दीहरुलाई तत्काल रिहा गर्न माग गर्दछु।'
प्रकाशित: २९ वैशाख २०८२ ०९:२५ सोमबार