राजनीति

'नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमका प्रति कटाक्ष गरेका छन्।

'सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो छ,' आइतबार (आज) संसद् भवन प्राङ्गणमा पत्रकारहरूसँग कुराकानी गर्दै पुनले भने।

उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नदेखिएको आरोपसमेत लगाए।

प्रकाशित: २८ वैशाख २०८२ १८:११ आइतबार

#barshaman_pun