राजनीति

त्रिपक्षीय श्रम आयोग गठन गर्न कांग्रेस सांसदको माग

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहित जोगाउन र श्रम क्षेत्र व्यवस्थित गर्न त्रिपक्षीय श्रम आयोग गठन गर्न माग गरेकी छिन्।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकार, रोजगारदाता र श्रमिकको प्रतिनिधित्वसहित आयोग बनाएर वैदेशिक रोजगारीका समस्या समाधान गर्न सकिने बताएकी हुन्।

उनले जुम्लाको गुठीचौरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्थानीयले भोगेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।  

प्रकाशित: २८ वैशाख २०८२ १३:३९ आइतबार

#NagarikNews #Rama Koirala