राजनीति

प्रधानमन्त्रीले भने : शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको विषय नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको विषय होइन। हज्जारौँ वर्षदेखि मानव सभ्यतासँग जोडिएको विषय हो,’ प्रधानमन्त्री ओलीले भने, ‘स्रोत र साधन बलपूर्वक आफूसँग राख्ने, उत्पादनका साधन नभएका वर्गमाथि वर्चस्व कायम राख्ने गर्दै आएको छ।’  

पहिले युरोपमा सामन्ती वर्ग भत्काउने क्रान्तिको नेतृत्व श्रमजिवी वर्गको सहयोगमा पुँजीपति वर्गले गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजामहाराजाहरू या त नयाँ प्रणाली स्वीकार्ने अवस्थामा पुगे या त भागे, या मारिए। त्यसपछिका परिवर्तनमा श्रमजिवी वर्गले पुँजीपति वर्गको शासन फेरे। यो सिलसिला चलिरहेकै छ।’

प्रकाशित: २८ वैशाख २०८२ १३:१३ आइतबार