राजनीति

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे माओवादी अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

राष्ट्रपति पौडेल भेट्न दाहाल शुक्रबार (आज) अपराह्न शीतल निवास पुगेका थिए।

दाहाल सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ।

प्रकाशित: २६ वैशाख २०८२ १७:२१ शुक्रबार

#Pushpakamal Dahal #ramchandra paudel