राजनीति

नेपाली विद्यार्थीलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न मन्त्रालयको आग्रह

परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा समन्वय गर्न आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति निकाल्दै  परराष्ट्र मन्त्रालयले समस्यामा परेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा समन्वय गर्न आग्रह गरेको हो।

मन्त्रालयले हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०८२ १७:०३ शुक्रबार

#ministry of foreign