राजनीति

भारतको पक्षमा जनार्दनः आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भन्दै भारतको पक्षमा धारणा राखेका छन्। बिहीबार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै उपमहासचिव शर्माले यस्तो लेखेका छन्।  

‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो।’  

साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक रहेको पनि शर्माले लेखेका छन्।

प्रकाशित: २५ वैशाख २०८२ १३:२४ बिहीबार

#Indo-Pak Tension #Janardan Shrarma