राजनीति

सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

सङ्घीय संसद्को दुवै बैठक बस्दै छन्। प्रतिनिधि सभाको बैठक आज विहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२:१५ बजे बस्ने छ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को  वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आआफ्नो भनाइ राख्ने कार्यसूची रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

राष्ट्रियसभामा गत आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भइसकेको छ।

प्रकाशित: २३ वैशाख २०८२ ०७:५१ मंगलबार

#parliament #NepalSarkar