राजनीति

दाहाल भन्छन्- चलाउन चाहे ३२ सिटे जादु चल्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चलाउन चाहे ३२ सिटे जादु चल्ने बताएका छन्। 

सोमबार (आज) बसेको संसद् बैठकपछि बाहिरिएका दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

दाहालले यसअघि नयाँ सरकार बन्ने बताएका थिए। त्यही प्रश्न दोहोर्‍याउँदा उनले भने, 'अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, हाम्रो ध्यान जनतामै छ।'

अहिले कांग्रेसलाई फकाउनतिर नलागेको पनि उनले बताए। चलाउन चाहे ३२ सिटे जादु चल्ने उल्लेख गर्दै उनले भने, 'हामी जनता केन्द्रित हुन्छौँ।'

प्रकाशित: २२ वैशाख २०८२ १६:३६ सोमबार

#Prachanda