राजनीति

अदालतले भन्यो- दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउनू

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंलाई न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उपचारको प्रबन्ध मिलाउन आदेश दिएको हो।

प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै निवेदन दिएका थिए। त्यही निवेदनको सुनुवाइ गर्दै अदालतले प्रबन्ध मिलाउन आदेश दिएको हो।

प्रसाईं २०८१ चैत १५ गतेको राजावादी प्रदर्शनपछि पक्राउ परेका थिए। 

प्रकाशित: २१ वैशाख २०८२ २०:२६ आइतबार

#Durga Prasain