राजनीति

लुटेर भाग्ने भगौडा वर्गको दलतन्त्रले देश बर्वाद भइरहेको छ : साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले लुटेर भाग्ने भगौडा वर्गको दलतन्त्रले देश बर्वाद भइरहेको टिप्पणी गरेका छन्।

आइतबार (आज) रूपन्देहीको पिप्रा महजिदियामा पार्टीद्वारा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'लुटेर भाग्ने भगौडा, दलाल वर्गको दलतन्त्रले आज देश बर्वाद भइरहेको छ। यही सन्दर्भमा भगवान् गौतम बुद्धको पवित्र भूमि लुम्बिनी, सांस्कृतिक नगरपालिकाबाट सुरु भएको यो दलाल दलतन्त्रविरोधी अभियानले छिट्टै सफलता प्राप्त गर्ने विश्वास छ,' उनले भनेका छन्।

प्रकाशित: २१ वैशाख २०८२ १८:३४ आइतबार

#prabhu sah