राजनीति

एमालेको समीक्षाः मुलुक स्थिरताको बाटोमा, खलबल्याउन खोज्ने शक्ति कमजोर

नेकपा एमालेको सचिवालय बैठकले मुलुक राजनीतिक स्थिरताको बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ। आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले स्थिरता खलबल्याउन खोज्ने शक्ति कमजोर हुँदै गएको पनि निष्कर्ष निकालेको बताए।  

‘मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ,’ ज्ञवालीले भने, ‘यद्यपि यो स्थिरतालाई खलबल्याउन विभिन्न पक्षहरु क्रियाशील छन्, तर उनीहरुको प्रयास कमजोर भइरहेको छ।’  यस्तै आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउनको लागि सम्पूर्ण एकताबद्ध गर्ने पनि निष्कर्ष निकालेको छ।  

यस्तै बैठकमा सरकारद्वारा सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र सरकारले बनाइरहेको बजेटबारे पनि छलफल चलिरहेको ज्ञवालीले बताए।  बजेटबारेको छलफलका लागि बैठक अझै चल्ने पनि उनले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८२ १८:०९ आइतबार

#Pradeep Gyawali #CPN (UML)