राजनीति

राजावादीले एयरपोर्टमा १५ वटा पेट्रोल बम हानेः वरिष्ठ उपाध्यक्ष पाण्डे

<br>

 नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा एयरपोर्टमा १५ वटा पेट्रोल बम हानेको दाबी गरेका छन्। शनिवार नेकपा एस निकट आदिवासी जनजाती महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्।  

‘हुँदाहुँदा एयरपोर्ट छेउको ठुलो पेट्रोल पम्प छ। जसमा त्यहाँ करोडौँ लिटर तेल हुन्छ। त्यो चाहिँ एयरपोर्टको लागि भनेर विशेष बन्दोबस्त गरिएको हो,’ पाण्डेले भने, ‘त्यो ठाउँमा आगो लगाउन १५ ओटा पेट्रोल बम हाने। कसले गरे राजावादी गरे।’  

यदि त्यो दिन त्यहाँ आगो लागेको भए काठमाडौंमा रहेका ६५ लाख मानिसमध्ये ६० प्रतिशत मान्छे मर्ने उनले दाबी गरे। ‘काठमाडौं ध्वस्त हुन्थ्यो। नेपाल फेल हुन्थ्यो। एयरपोर्ट ध्वस्त हुन्थ्यो। विदेशी विमान वर्षौ आउने थिएनन्,’ उनले भने।

प्रकाशित: २० वैशाख २०८२ १५:३२ शनिबार

#Rajendra Pandey