राजनीति

राजमार्ग र करिडोरहरूलाई व्यवसायमा आधारित आर्थिक मार्ग बनाइने

सरकारले राजमार्ग तथा करिडोरहरूलाई व्यवसायमा आधारित आर्थिक मार्ग बनाउने नीति लिएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यो नीति लिएको छ। शुक्रबार (आज) संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका छन्।

'पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, बीपी राजमार्ग, हुलाकी राजमार्ग र कोरिडोरहरूलाई हरेक व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।

प्रकाशित: १९ वैशाख २०८२ १५:३२ शुक्रबार

#Ramchandra Poudel