राजनीति

संसदमा सँगै देखिए माधव–वामदेव

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा सदस्य बामदेव गौतम सँगै देखिएका छन्।

सांसद गौतम एकीकृत समाजवादीमा जाने चर्चाकै बिचमा संसद बैठकमा दुवै नेता सँगै देखिएका हुन्।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

प्रकाशित: १९ वैशाख २०८२ १५:२२ शुक्रबार

#Bamdev Gautam #madhab kumar nepal