राजनीति

प्रधानमन्त्री ओली, देउवा, दाहालबिच भेटघाट हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।

बिहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेट हुन लागेको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।   

प्रकाशित: १८ वैशाख २०८२ १८:०४ बिहीबार

#puspakamal dahal #Sher Badhur Deuwa #Prime Minister Kp Sharma Oli