राजनीति

कांग्रेस नेता भन्छन्ः विदेशबाट सन्तानले जे निर्देशन गर्छन्, अभिभावक त्यसैलाई भोट दिन्छन्

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विदेशबाट छोराछोरीले दिएको सुझावअनुसार नै नेपालमा परिवारले मत दिन संस्कार विकास भएको बताएका छन्।

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कर्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विदेशबाट छोराछोरीले जुन पार्टीलाई मतदान गर्नु भन्यो त्यही पार्टीको चुनाव चिह्नमा बुबाआमाले मतदान गर्ने गरेको विगतमा भएको निर्वाचनले देखाएको बताए।

नेपालको कुल युवा जनसंख्याको २५ प्रतिशत अंश विदेशमा रहेकाले नेपाली कांग्रेसको जनसम्पर्क समितिले उनीहरूसँग सम्पर्क बढाउनुपर्ने बताए।

प्रकाशित: १८ वैशाख २०८२ १६:०७ बिहीबार